अर्थ संसार, काठमाडौं । सेती प्रादेशिक अस्पतालमा शुक्रबार मृत्यु भएकी महिलामा कारोना संक्रमण भएको पुष्टि भएको थियो । ती महिलाको मलामी गएकाहरु सम्पर्कमा आएका छन् ।
डायलाइसिस गर्ने क्रममा मृत्यु भएकी धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना संक्रमण पुष्टि भएको थियो । अन्त्येष्टि गर्न गएका ५० जनामध्ये ४९ जना सम्पर्कमा आएका हुन् ।
सेती अस्पतालमा मृत्यु भएकी महिलाको रिपोर्ट पोजेटिभ आएपछि आफन्त र स्थानीय बासिन्दा त्रसित बनेका छन् । वडा नै सिल गरेर मलामी र मृतकको सम्पर्कमा रहेका व्यक्तिहरूको खोजी गरिएको छ भने अस्पताको डायलासिस कक्ष सिल गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस