Like us!
Follow us!
Connect us!
Watch us!

विश्वविद्यालयद्वारा अनलाइन प्रणालीमार्फत पठनपाठन तयारी शुरु

अर्थ संसार

आइतबार, २५ जेठ २०७७, ०८ : ५७ मा प्रकाशित

विश्वविद्यालयद्वारा अनलाइन प्रणालीमार्फत पठनपाठन तयारी शुरु

अर्थ संसार, काठमाडौं । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन शुरु गर्ने तयारी गरेको छ । जारी लकडाउनका कारण विद्यार्थीहरुलाई समस्या भएको भन्दै विकल्पका रूपमा अनलाइन प्रणालीको शुरुआत गर्ने तयारी भएको हो ।

विश्वविद्यालयका विभिन्न आङ्गिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई पाठ्यक्रम पुनरावलोकनका साथै नयाँ ज्ञान दिलाउन अनलाइन प्रणालीको शुरुआत गर्ने तयारी भएको जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए । उनका अनुसार लामो समयसम्म क्याम्पस बन्द हुँदा विद्यार्थीहरुमा नकारात्मक प्रभाव पर्ने भएकाले अनलाइन प्रणालीबाट पठनपाठनको तयारी भएको हो ।

उनले भने, “इन्टरनेटको पहुँचमा भएका विद्यार्थीहरुलाई एकै पटक अनलाइनमार्फत पठनपाठनको तयारी भएको छ ।” यसका लागि विश्वविद्यालयले मातहतका क्याम्पसका प्राध्यापकहरुका लागि अनलाइन तालिमसमेत सञ्चालन गरेको छ । दश दिने उक्त तालिममा विश्वविद्यालयका १४ वटै आङ्गिक क्याम्पस र केन्द्रीय क्याम्पसका प्राध्यापकहरुको सहभागिता छ ।

अनलाइनबाटै सञ्चालन गरिएको तालिममा कसरी पठनपाठन गर्ने, विद्यार्थीहरुको पहुँच कसरी बढाउने, शिक्षण क्रियाकलापलाई अनलाइन माध्यमबाट कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भइरहेको क्याम्पस प्रमुख अवस्थीको भनाइ छ ।

विश्वविद्यालयअन्तरगतका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको इन्टरनेटमा पहुँच पुर्याउन नेपाल टेलिकम र एनसेलसँग समेत सहकार्य भइरहेको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको