Like us!
Follow us!
Connect us!
Watch us!

गैरकानूनी कारोबारमा ‘खल्ती’ प्रयोग नगर्न कम्पनीको आग्रह

अर्थ संसार

आइतबार, २५ जेठ २०७७, १४ : २७ मा प्रकाशित

गैरकानूनी कारोबारमा ‘खल्ती’ प्रयोग नगर्न कम्पनीको आग्रह

अर्थ संसार, काठमाडौं । डिजिटल अनलाईन भुक्तानी सेवा खल्तीले सेवा गैरकानुनी कारोबारका लागि प्रयोग नगर्न आग्रह गरेको छ ।

कम्पनीले आईतबार सुचना जारी गर्दै गैरकानुनी रुपमा भुक्तानी नगर्न आग्रह गरेको हो ।

नेपालमा दर्ता भएका मर्चेन्टमार्फत गैरकानूनी रुपमा विदेशी कम्पनीलाई भुक्तानी हुने पाइएपछि यस्ता गतीविधी नगर्न कम्पनीले सुचना सहित विज्ञप्ती जारी गरेको हो ।

‘हामी प्रयोगकर्तालाई माया गर्छौं, विशेषगरी नेपालमा रहेका गेमर कम्युनिटीलाई, कम्पनीको पनि कानूनी दायरा हुन्छ, स्वीकृति नलिई विदेश पैसा पठाउने कार्य गैरकानूनी हो । त्यसैले हामीले यस्ता कार्य नगर्न हाम्रा मचेन्टहरुलाई समेत सेचत गराइरहेका छौं ।’ विज्ञप्तीमा उल्लेख छ ।

खल्तीबाट विदेशमा भुक्तान गरिरहेको पाइएका अकाउन्टहरु हटाइएको समेत खल्तीले जनाएको छ ।

कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई डलर भुक्तानी गर्नु सरकारी कानून विपरित हुने स्पष्ट पार्दै अनलाइन खेल, बाजी, बेटिङ तथा अन्य कुनै पनि कार्य तत्काललाई रोक्न समेत आग्रह गरेको छ ।

हेर्नुहाेस् सुचना :Image may contain: text

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको