Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमितको उपचारमा जेठी मधुको परीक्षण गरिँदै

अर्थ संसार

सोमबार, २६ जेठ २०७७, ०७ : २० मा प्रकाशित

कोरोना संक्रमितको उपचारमा जेठी मधुको परीक्षण गरिँदै

अर्थ संसार, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्ध जेठी मधुको परीक्षण गरिँने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोना संक्रमितको उपचारमा औषधिको रुपमा जेठी मधुको परीक्षण गर्ने भएको हो। 

जेठी मधुको प्रयोग  दम, खोकी, तथा पेटका रोग निको पार्न हुँदै आएको छ । ‘एन्टी भाइरल’को रुपमा विदेशमा पनि जेठी मधुको प्रयोग गर्दा त्यसको राम्रो परिणाम देखिएकाले नेपालमा कोरोना संक्रमितको उपचारमा यसको प्रयोग गर्न लागिएको परिषदका सदस्य सचिव डा प्रदीप ज्ञवालीले बताएका छन् ।

यस विषयमा आइतबार पनि पदाधिकारीहरुबीच छलफल समेत भएको डा ज्ञवालीले बताएका छन् । संक्रमितलाई जेठी मधु दिइने र त्यसपछि संक्रमितको शरीरमा उत्पन्न हुने एन्टिबडीमा कस्तो फरक देखियो भनेर अध्ययन गरिने उनले बताएका छन्।

संक्रमितलाई जेठी मधुसहित अन्य विभिन्न जडिबुटी मिश्रित चिया दिइने भएको हो । परिषदले आयुर्वेदिक औषधिसहितका कोभिड १९ को बारेमा जीन सिक्वेन्सिङ, कोरोना संक्रमणका उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको मनोविज्ञान, क्वारेन्टिनमा रहेका व्यक्तिको मनोविज्ञान, आम जनतामा कोरोना संक्रमणको बारेमा रहेको बुझाइ, कोभिड अस्पताल तथा क्लिनिकहरुको तयारीको अवस्थासहितको विषय अनुसन्धान अघि बढाएको सदस्य सचिव डा ज्ञवालीले बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको