अर्थ संसार, काठमाडौं – नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । साेमबार सप्तरीको बलान बिहुल गाउँपालिकाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे । यो सँगै सप्तरीमा काेराेना संक्रमितको संख्या ९३ पुगेको छ ।
संक्रमितहरु गाउँपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना रहेको स्वास्थ्य कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् । 
उनीहरू सबैजना भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । हाल उनीहरूलाई सदरमुकाम राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस