अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले १४ अर्ब ९ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । 
केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी  बिल जारी गर्न लागेको हो । आज (जेठ २६ गते, साेमबार) ३ बजे बोलकबाेल भएर भोली (जेठ २७ गते, मंगलबार) ट्रेजरी बिल जारी हुने बैंकले जनाएको छ ।  
बैंकले एक सूचनामार्फत ९१ दिन र १ वर्षको अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको जनाएको छ ।
बैंकले ९१ दिनका लागि १२ अर्ब २६ करोडको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी भदौ २३ गते परिपक्क हुनेछ । त्यस्तै, १ वर्षको लागि १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी हुन लागेको हो । यो ट्रेजरी २०७८ जेठ २५ गते परिपक्क हुनेछ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 
                                                                                        
                                                                                        
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस