Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन विमानस्थलमा हवाई इन्धन भर्न थपिए नयाँ चार रिफ्युलर

अर्थ संसार

मंगलबार, २७ जेठ २०७७, ०६ : ४९ मा प्रकाशित

त्रिभुवन विमानस्थलमा हवाई इन्धन भर्न थपिए नयाँ चार रिफ्युलर

अर्थ संसार, काठमाडौं । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो हवाई इन्धन मागलाई सम्बोधन गर्न चार नयाँ रिफ्युलर (हवाईजहाजमा इन्धन भर्ने ट्यांकर) थप गरेको छ ।

विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि आउने विदेशी विमान कम्पनीमा इन्धन भर्न २७ हजार लिटर क्षमताका चार नयाँ रिफ्युलटर थप गरेको निगमका निर्देशक मनोज ठाकुरले बताए । 

‘२७ हजार लिटर क्षमताको दुईवटा रिफ्युलर लकडाउनअघि नै आएका थिए । लकडाउनले रोकिएका थप दुईवटा रिफ्युलटर सोमबार दिउँसो भैरहवा भन्सार कार्यालयमा जाँचपास भई काठमाडौंका लागि हिँडिसकेका छन्,’ उनले भने ।

 
सामान्य अवस्थामा अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीले दैनिक पाँच लाख लिटर इन्धन खपत गर्दै आएका छन् । यो इन्धन भर्न निगमसँग सातवटा रिफ्युलर मात्र छ ।

‘चारवटा १६ हजार लिटर र एउटा ११ हजार लिटर क्षमताको रिफ्युलर प्रयोगमा छ,’ ठाकुरले भने, ‘दुईवटा रिफ्युलर भने इन्डियन आयल कर्पोरेसन (आइओसी)ले फिर्ता गरिदिने सर्तमा निःशुल्क चलाउन दिएको हो ।

अब नयाँ रिफ्युलर सञ्चालनमा आएपछि आइओसीले दिएको पुरानो रिफ्युलर फिर्ता गरिदिन्छौँ ।’यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको