Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनकाबीच  विकास निर्माणमा प्रगति, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण जारी

अर्थ संसार

मंगलबार, २७ जेठ २०७७, ०७ : ०४ मा प्रकाशित

लकडाउनकाबीच  विकास निर्माणमा प्रगति, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण जारी

अर्थ संसार,काठमाडौं । कोभिडको त्रास र जनशक्तिको अभावबीच विकास आयोजनाको काम अघि बढेको छ । मन्त्रालयहरूले आयोजनालाई र आयोजनाले ठेकेदारहरूलाई काम अघि बढाउन निर्देशन दिएपछि औसतमा ३० प्रतिशत मजदुर काममा फर्किएका छन् ।

लकडाउन खुकुलो हुँदै जाँदा आयोजनाले गति लिने सरकारी अधिकारीहरूले बताएका छन्र ।  लकडाउनले रोकिएको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण पुनः सुचारु गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाको सूचीमा रहेको नौ सय ४६ किलोमिटर लामो यस आयोजनाको बर्दिबास–निजगढ ९७० किमि० खण्डमा पुनर्निर्माण थालिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

अहिले यस खण्डमा पर्ने पुल निर्माणलाई प्राथमिकतामा राखिएको छ । ‘धेरै मेसिनको प्रयोग हुने र थोरै जनशक्तिबाट पनि काम हुने भएकाले यस खण्डमा पर्ने १६ वटा पुल निर्माण पनि तीव्र गतिमा भइरहेको छ,’ उनले भने।

राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा पनि ठाउँठाउँमा काम भइरहेको आयोजनाका निर्देशक रोहितकुमार बिसुरालले जानकारी दिए । उनका अनुसार लकडाउन सुरु हुनुअघि करिब दुई हजार मजदुर कार्यरत थिए । तर, अहिले पूर्वदेखि पश्चिमसम्म करिब पाँच सयजना मात्र काममा छन् । ‘लकडाउनको यो वेला सामान्य अवस्थामा हुने कामको ३० प्रतिशत मात्र भइरहेको छ,’ बिसुरालले भने।

लकडाउनअघि मध्यपहाडी राजमार्ग आयोजनाको एक सय ३८ ठेक्कामा काम भइरहेको थियो । प्रत्येक ठेक्कामा ७० देखि ८० जना कामदार कार्यरत थिए । अहिले त्यो संख्या आधा मात्र छ । केही निर्माण कम्पनीले कामदारलाई लकडाउनलगत्तै घर पठाएकाले पनि कामदारको अभाव छ । काम पूर्ण क्षमतामा हुन सकेको छैन ।यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको