Like us!
Follow us!
Connect us!
Watch us!

सरसमानसहित क्वारेन्टिनबाट भागे ४० जना

अर्थ संसार

मंगलबार, २७ जेठ २०७७, १२ : २४ मा प्रकाशित

सरसमानसहित क्वारेन्टिनबाट भागे ४० जना

अर्थ संसार, काठमाडौं । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट  सरसामान सहित ४० जना फरार भएका छन् । 
 

भारतका विभिन्न शहरबाट आएर  १४–१५  दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्वारेन्टिनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेको क्वारेन्टिन इञ्चार्ज सुनिलकुमार यादवले बताए ।


उनीहरु छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन् ।   


उनीहरु क्वारेन्टिनबाट भागेको जानकारी लिखित रुपमै गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकी  दिइसकिएको भए पनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताए । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको