Like us!
Follow us!
Connect us!
Watch us!

एमसीसी विशुद्ध अमेरिकी सहयोग मात्रै हो : अर्थमन्त्री

अर्थ संसार

मंगलबार, २७ जेठ २०७७, १३ : ५३ मा प्रकाशित

एमसीसी  विशुद्ध अमेरिकी सहयोग मात्रै हो : अर्थमन्त्री

अर्थ संसार, काठमाडौं । अर्थन्त्री डा । युवराज खतिवडाले अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गतको रकम विशुद्ध सहयोग मात्रै भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

सत्तारुढदल भित्र एमसीसी मुद्दा निरन्तर जटिल बन्दै गएको छ । सत्तारुढकै कतिपयले यसको विरोध गरेका छन् ।

अर्थमन्त्री खतिवडाले एमसीसी सम्झौता कसले गर्‍यो भनेर खोज्नु पर्ने आबश्यकता नभएको र यो सम्झौता नेपाल सरकार अर्थमन्त्रालयबाट भएको बताएका छन् । उनले यसअन्तर्गतका केही विषय प्रष्ट्याउन  र सहायक सम्झौताहरु संशोधन गरेर एमसीसी लिन हुने बताएका छन् ।

अर्थमन्त्रीले यो परियोजना अन्तर्गतको बजेट विद्युत र सडक पूर्वाधारमा लगानी गर्ने भनेर ३ वर्षदेखि काम भइरहेको जानकारी गराएका छन् ।  सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा  एमसीसी अन्तर्गतको रकम र  परियोजना समावेश गरिएपछि नेकपा भित्र फेरि विवाद देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको