Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनले गर्दा स्थगित भाे यी ४ कम्पनीको हकप्रद शेयर

निशा हुमाँगाई

मंगलबार, २७ जेठ २०७७, १७ : ३३ मा प्रकाशित

लकडाउनले गर्दा स्थगित भाे यी ४ कम्पनीको हकप्रद शेयर

अर्थ संसार, काठमाडौं – काेराेना राेकथामका लागि जारी गरिएकाे लकडाउनले गर्दा चार वटा कम्पनीकाे हकप्रद शेयर स्थगित भएको छ ।

गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड,एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर स्थगित भएको हो । 

गुराँस लाइफ इन्स्योरेन्सले ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर गत चैत्र २० गतेदेखि निष्कासन गर्ने तयारी गरेकाे थियाे । शिखर इन्स्योरेन्सले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर चैत्र १३ गतेदेखि निष्कासन गर्ने तयारी गरेकाे थियाे ।

त्यसैगरी,  एनएलजी इन्स्योरेन्स कम्पनीले ३८ लाख ४२ हजार ४३७ दशमलव  ५० कित्ता हकप्रद शेयर गत फागुन २२ गते देखि चैत १२ गतेसम्म निष्कासन तथा विक्री खुला गरेको थियो । प्रुडेन्सियल इन्स्योरेन्सले ३८ लाख ४९ हजार १२० कित्ता २०७६ फागुन १८ गते देखि चैत २३ गतेसम्म हकप्रद शेयर निष्कासन तथा विक्री बन्द गर्ने भएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको