Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार एकैदिन कोरोनालाई जितेर फर्किए थप ९६ जना

निशा हुमाँगाई

मंगलबार, २७ जेठ २०७७, १६ : ५२ मा प्रकाशित

मंगलबार एकैदिन कोरोनालाई जितेर फर्किए थप ९६ जना

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज (मंगलबार) कोरोना भाइरसबाट संक्रमित थप ९६ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या ५८४ जना पुगेको छ । जसमध्ये ५०७ जना पुरूष र ७७ जना महिला रहेका छन् । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले साेमबार थप ९६ जना निको भएर घर फर्किएका जानकारी दिएका हुन् । 

कोभिड-१९ अस्पताल जनकपुरबाट ३० जना (६ महिला र २६ जना पुरुष), युनिफाइड कोभिड अस्पताल बलम्बु काठमाडौंबाट एक महिला, बाँके कोहलपुर पिपिरीस्थित कृषि विकास बैंक तालिम केन्द्रको आइसोलेनबाट २२ जना, राप्तिसोनारी गाउँपालिकाको आइसोलेसनबाट ७ जना, धरानबाट झापाका २८ जना पुरुष, कोरोना विशेष अस्पताल दाङबाट बर्दियाका ४ जना पुरुष र जिल्ला अस्पताल दैलेखबाट एक जना महिला डिस्चार्ज भएका हुन् । 

5edf6e933e3b1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको