Like us!
Follow us!
Connect us!
Watch us!

यी ३ कम्पनीले निष्कासन गर्ने आईपीओलाई ग्रेड ४ रेटिङ

निशा हुमाँगाई

मंगलबार, २७ जेठ २०७७, १५ : ०३ मा प्रकाशित

यी ३ कम्पनीले निष्कासन गर्ने आईपीओलाई ग्रेड ४ रेटिङ

अर्थ संसार, काठमाडौं – तीन वटा कम्पनीले निष्कासन गर्न लागेका साधारण शेयर (आईपीओ) लाई ग्रेड ४ रेटिङ दिइएकाे छ । 

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी र माउण्टेन इनर्जी  नेपाल लिमिटेडले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेका हुन् । ग्रेड ४ रेटिङले उक्त कम्पनीहरूको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता, विन्ध्यबासिनी हाइड्रोपावरले २५ लाख कित्ता र माउण्टेन इनर्जी नेपालले ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न रेटिङ गराएका हुन् । उक्त आईपीओ निष्कासनको लागि विन्ध्यबासिनी हाइड्रोपावरले माघ १ गते र माउण्टेन इनर्जी नेपालले फागुन २६ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका थिए ।

विन्ध्यबासिनी हाइड्रोपावरकाे निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड र माउण्टेन इनर्जी नेपालकाे निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेका छन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको