Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधि सभाबाट संविधान संशोधन सर्वसम्मतीले स्वीकृत

अर्थ संसार

मंगलबार, २७ जेठ २०७७, २१ : १३ मा प्रकाशित

प्रतिनिधि सभाबाट संविधान संशोधन  सर्वसम्मतीले स्वीकृत

अर्थ संसार काठमाडौं ।  सरकारले ल्याएको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतीले स्वीकृती भएको छ। नेपालको भूमि अनुसारको नयाँ नक्सा सहितको निशान छाप राख्न संशोधन स्वकृत भएसँगै   सांसदहरुलाई प्रस्ताव राख्न खुल्ला भएको छ।

प्रतिनिधि सभाको बैठकबाट विधेयक स्वीकृत भएको सभामुखले घोषणा गर्दा सांसदहरुले लामो समय टेबल ठोकेर समर्थन गरेका थिए।

अब सरकारले ल्याएको संशोधन विधेयक माथि संशोधन गर्न सांसदहरुले ७२ घण्टाको समय पाउनेछन्। उनीहरुले सरकारले ल्याएको निशान छापमा परिवर्तनको प्रस्ताव गर्न सक्छन्।

मंगलबार दिउँसोबाट साँझसम्म प्रतिनिधिसभामा सांसदहरुले संशोधन विधेयकको सैद्धान्तिक छलफलमा भाग लिएका थिए।

अब सरकारले ल्याएको संशोधन माथि सांसदहरुले संशोधन दर्ता गराउन पाउनेछन्। त्यसपछि प्रतिनिधि सभामा पुनस् छलफल हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको