Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनको मोडालिटी परिवर्तनबारे सरकार नै अलमलमा

अर्थ संसार

बुधबार, २८ जेठ २०७७, ०६ : ४९ मा प्रकाशित

लकडाउनको मोडालिटी परिवर्तनबारे सरकार नै अलमलमा

अर्थ ससार, काठमाडौं । साढे दुई महिनाभन्दा बढी समयदेखि जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा सरकार अलमलमा परेको छ ।

सरकारले गत ११ चैत २०७६ देखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै लकडाउन घोषणा गरेर अत्यावश्यकबाहेकका सवारीसाधन चलाउन र आवतजावतमा रोक लगाउँदै आएको छ ।

लामो समयसम्म लकडाउनका कारण सर्वसाधारण, श्रमजीवी, मजदुर तथा व्यवसायीले लकडाउनको स्वरूप परिवर्तन गर्न दबाब दिँदै आएपनिस्वरूप कस्तो बनाउने भन्नेमा नै सरकार अन्योलमा परेको छ ।

एकातर्फ लकडाउन खुकुलो बनाउन दिनदिनै जनदबाब बढिरहेको छ भने अर्कातर्फ दिनहुँ कोरोना भाइरसका संक्रमित थपिने क्रम बढ्दो छ । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ ।

सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्न ढिला गर्दा काठमाडौं उपत्यकालगायतका सहरमा व्यवसायीले एकतर्फी रूपमा पसल खोल्न थालेका छन् । सडकमा सवारीको चापसमेत बढ्न थालेको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको