Like us!
Follow us!
Connect us!
Watch us!

सरकारकाे लापरवाही : कोरोना हटस्पटमा परीक्षणबिनै संक्रमितलाई धमाधम घर पठाइँदै

अर्थ संसार

बुधबार, २८ जेठ २०७७, ०६ : ५५ मा प्रकाशित

सरकारकाे लापरवाही : कोरोना हटस्पटमा परीक्षणबिनै संक्रमितलाई धमाधम घर पठाइँदै

अर्थ संसार, काठमाडाैं । कोरोना हटस्पट बनेको जिल्लामा संक्रमितलाई पीसीआर परीक्षणबिनै धमाधम घर पठाउन थालिएको छ । कपिलवस्तु–८ स्थित विश्वमैत्री प्राविका आठ र कचरिहवा मदरसाका तीन जनालाई पीसीआर परीक्षणबिनै घर पठाइएको हो ।उनीहरू दोहनी गाउँका बासिन्दा हुन् । संक्रमण पुष्टि भएयता उनीहरूको पुनस् पीसीआर परीक्षण गरिएको छैन ।

१४ दिन आइसोलेसनमा बसिसकेपछि थप लक्षण र बिरामी नभएमा घर पठाउने सरकारको नयाँ नीतिअनुसार उनीहरूलाई घर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले बताए । ‘हामीले पठाउन खोजेका थिएनौं,’ उनले भने, ‘सरकारको नीति मान्नै पर्‍यो ।’ उनका अनुसार अहिलेको निर्देशिका जारी हुनुपूर्व संक्रमितको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाउने गरिएको थियो । दुवै रिपोर्ट नेगेटिभ आएपछि जिल्लाका ४२ जना यसअघि संक्रमणमुक्त भएका थिए । गत जेठ २४ देखि जिल्लामा नयाँ निर्देशिकाअनुसार परीक्षणबिनै घर पठाउन थालिएको छ ।

यशोधरा गाउँपालिकाका ३८ जना संक्रमितलाई पनि दोस्रो रिपोर्ट नआउँदै घर पठाइएको छ । गाउँपालिकाको अनिरुद्र पब्लिक माविको आइसोलेसनमा रहेका ३८ जनाको स्वाब संकलन गरी तेस्रोपटक पीसीआरका लागि दाङ पठाइएको थियो । उनीहरूको जेठ २१ गते स्वाब पठाइएको हो । त्यस्तै त्यही क्वारेन्टाइनमा रहेका २९ जनालाई संक्रमणको कुनै लक्षण नदेखिएको भन्दै घर पठाइएको खबर कान्तिपुर दैनिकमा छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको