Like us!
Follow us!
Connect us!
Watch us!

एमसीसीमा अनुमोदनको विषय थप अन्योलमा,  प्रचण्ड र माधवकुमार आक्रोशित

अर्थ संसार

बुधबार, २८ जेठ २०७७, ०६ : ५४ मा प्रकाशित

एमसीसीमा अनुमोदनको विषय थप अन्योलमा,  प्रचण्ड र माधवकुमार आक्रोशित

अर्थ संसार, काठमाडौं। सत्तारुढ दल नेकपाभित्रको किचलोका कारण अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०सँगको सम्झौता सदनबाट अनुमोदनको विषय थप अन्योलमा परेको छ ।

नेकपाले उक्त विषयमा अध्ययन गर्न बनाएको कार्यदलको प्रतिवेदन, सचिवालयदेखि स्थायी समिति र केन्द्रीय समितिसम्ममा सम्झौता परिमार्जनबिना पारित गर्न नहुने पक्षमा मत देखिएको छ । सभामुख अग्नि सापकोटाले पनि कार्यव्यवस्था परामर्श समितिमा सहमतिपछि मात्र यसलाई कार्यसूचीमा चढाउने भनी अडान लिएका छन्। यसकारण एमसीसी सम्झौता गोलचक्करमा परेको छ ।

नेकपाले मंगलबार सचिवालय बैठक राखेर यस विषयमा निर्णयक छलफल गर्ने भनेको थियो। तर, अन्तिम समयमा आएर बैठक स्थगन भएको छ । बालुवाटारले प्रधानमन्त्रीको दैनिक कार्यसूचीमा सचिवालय नरहेको भनी सञ्चारमाध्यममा खबर गरेपछि बैठक स्थगनको सूचना नेताहरूले पाएका थिए ।

एक सचिवालय सदस्यका अनुसार अध्यक्ष पुष्पकमल दाहालले पार्टी बैठक स्थगनको सूचना सञ्चारमाध्यमबाट थाहा पाएका हुन् । महासचिव विष्णु पौडेल मंगलबार बिहानै खुमलटार पुगेर दाहाललाई भेट गरे पनि बैठक स्थगनबारे कुराकानी भएको थिएन ।

अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी बैठक स्थगनका विषयमा जिज्ञासा राखेको ती सचिवालय सदस्यले बताए । त्यसपछि दाहालले सचिवालय सदस्यहरूलाई दिएको जानकारी उद्धृत गर्दै ती नेताले भने, ‘मलाई पनि बैठक स्थगित गर्ने कुरामा केही जानकारी दिइएन । प्रधानमन्त्रीलाई सोधें, उहाँले तपार्इंसँग छलफल गर्छु भन्दाभन्दै त्यस्तै–त्यस्तै भयो। बैठक बस्न सक्ने स्थिति देखिनँ मैले आज। कामले म नभ्याउने भए भनेर जवाफ दिनुभयो।’

बैठक नबसेपछि खुमलटारमा दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच छलफल भएको थियो । दाहालले उक्त छलफलमा पनि प्रधानमन्त्री बैठक छल्ने दिशामै जान खोजेको ब्रिफिङ गरेका थिए । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको