Like us!
Follow us!
Connect us!
Watch us!

मनसुन नेपाल पुग्न अझैं एक हप्ता लाग्ने, यस्ताे छ आजको मौसम

अर्थ संसार

बुधबार, २८ जेठ २०७७, ०८ : २६ मा प्रकाशित

मनसुन नेपाल पुग्न अझैं एक हप्ता लाग्ने, यस्ताे छ आजको मौसम

अर्थ संसार, काठमाडौं । सामान्यतया नेपालमा जुन १० बाट मनसुन सुरु हुने मानिन्छ । तर, गतवर्षझैं यसवर्षपनि मनसुन सुरु हुन ढिलाई हुने भएको छ ।

बङ्गाल खाँडी हुँदै नेपाल आउने  मनसुनी प्रणाली नेपाल आइपुग्न अझैं एक हप्ता लाग्ने मनसुनविद्ले बताएका हुन् । हाल मनसुन प्रणाली बङ्गालको उत्तरी भूभागमा रहेको छ ।

मनसुन एक हप्ताभित्र दार्जिलिङ हुँदै नेपालको पूर्वी भूभागमा प्रवेश गर्ने छ । त्यस्तै यवर्षको मनसुन प्रणाली कमजोर रहेको समेत मौसमविद्ले बताएका छन् । यद्यपी विस्तारै मनसुनको विकास हुँदै जाने छ ।

आजको मौसम

हाल  नेपालमा  स्थानीय वायु, पश्चिमी  वायु र बंगालको खाडिमा रहेको निम्न चापिय प्रणालीको प्रभाव  रहेको छ ।

निम्न चापिय प्रणालीको प्रभावका कारण बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश नं ५ का सबै भू-भागहरु लगायत प्रदेश १, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडि भु-भागहरुमा  र प्रदेश २ का पश्चिम तिरका भु-भागहरुमा सामान्य बदली रहेको छ भने  बांकी  भु-भागहरुमा आंशिक बदली रहेको छ। प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का बर्षा भइरहेको छ।


दिउँसोः प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का भू(भागमा  सामान्य बदली रही बाँकी प्रदेशका भू(भागमा आंशिक बदली रहनेछ । प्रदेश १,  बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानहरु साथै प्रदेश नं २, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ  सहित हल्का वर्षाको  सम्भावना रहेको छ। 

रातीः प्रदेश १, प्रेदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का भू-भागमा  सामान्य बदली रही बाँकी प्रदेशका भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानहरु साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ  सहित हल्का वर्षाको  सम्भावना रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको