Like us!
Follow us!
Connect us!
Watch us!

राति सुतेकै बेला पहिरोले पुरिएर २ जनाको मृत्यु

अर्थ संसार

बुधबार, २८ जेठ २०७७, १० : ०० मा प्रकाशित

राति सुतेकै बेला पहिरोले पुरिएर २ जनाको मृत्यु

अर्थ संसार, काठमाडौं ।  म्याग्दीको रघुगंगा गाउपालिका–६ कोटगाउँमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मंगलबार राति स्थानीय ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी नातिनी ४ वर्षीया सिम्रन छन्त्यालको ज्यान गएको हो ।

बाढीसँगै आएको पहिरोले परिएर मृत्यु भएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । एक्कासी घरभित्र बाढी पसेपछि दुईजनाको घटनास्थलमै मृत्यु थियो । पहिरोको जानकारी लगत्तै उद्धारमा खटिएका थिए ।


ढुङ्गामाटोले बनेको जस्ताको छानो भएको कच्ची गोठमा सुतिरहेको अवस्थामा एक्कासी पहिरो आएको थियो । घटनास्थलमा दलप्रसाद शेरपुञ्जा सहित भाग्ने क्रममा दुईजनालाई लेदो सहित आएको पहिरोले पुरेको बताइएको छ ।

पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक ढकबहादुर हमालको नेतृत्वमा गएका प्रहरी सहित स्थानीयले उद्धारमा खटिएको प्रहरी निरिक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको