Like us!
Follow us!
Connect us!
Watch us!

कोभिड–१९ विरुद्ध प्रविधि तथा औषधी विकास गर्नेलाई नाष्टले १० लाख दिने

अर्थ संसार

बुधबार, २८ जेठ २०७७, १० : २२ मा प्रकाशित

कोभिड–१९ विरुद्ध प्रविधि तथा औषधी  विकास गर्नेलाई नाष्टले १० लाख दिने

अर्थ संसार, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले कोभिड–१९ विरुद्ध प्रविधि विकास गर्ने तथा स्टार्टअपलाई १० लाख रुपैयाँ सरकारी अनुदान दिने भएको छ । कोरोनाका महामारीमा सहयोग पुर्याउने किसिमको प्रविधि निमार्ण गर्नेलाई नाष्टले उक्त पैंसा अनुदान दिने भएको हो । 

मंगलबार सार्वजनिक सूचना जारी गर्दै नास्टले कोभिड–१९ प्रतिरोधका लागि प्रविधि विकास एवं नवप्रवर्तन योजना अन्तर्गत अनुदान दिइन लागेको उल्ल्ेख गरेको छ ।

यसका लागिमा आगामी १५ दिन भित्र प्रस्ताव पेश गर्न सकिने छ । प्रस्ताव अनुसार आवश्यक अध्ययन गरी प्रतिप्रस्तावलाई १० लाख रुपैयाँसम्म अनुदान दिइने नास्टले जनाइएको छ ।

 नाष्टले स्वास्थ्य प्रविधि तथा यान्त्रिकीकरण तथा औषधी निर्माण वा भ्याक्सीन विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ । त्यस्तै सूचना प्रविधि, कृषि प्रविधि तथा यान्त्रिकीकरण, जैविक तथा खाद्य प्रविधि, संक्रमणकालिन पूर्व तयारी प्रविधि, स्वास्थ्य एवम् कृषि र वातावरण क्षेत्रको समस्या समाधान गर्न निर्माण गरिएको उदयीमान प्रविधि सहभागी हुन पाउनेछन् ।

उल्लेखितमध्ये यथाशिघ्र सम्पन्न हुनसक्ने र महामारीका विरुद्ध लड्न आवश्यक पर्ने अति आवश्यक प्रविधिलाई प्राथमिकता दिइने जनाईएको छ । यदि उल्लेखित क्षेत्रमध्ये कसैले यसअघि निर्माण गरेको प्रविधिलाई परिमार्जन गर्ने हो भने परिमार्जनको प्रस्ताव समेत पेस गर्नुपर्ने जनाइएको छ ।

विज्ञान र प्रविधि क्षेत्रलाई प्रोत्साहन दिन नास्टले यस्तै किसिमका कार्यक्रमहरु बढाउँदै जाने बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको