Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार कोरोनालाई जितेर फर्किए थप ९० जना संक्रमित

निशा हुमाँगाई

बुधबार, २८ जेठ २०७७, १७ : ०५ मा प्रकाशित

बुधबार कोरोनालाई जितेर फर्किए थप ९० जना संक्रमित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज (बुधबार) कोरोना भाइरसबाट संक्रमित थप ९० जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या ६७४ जना पुगेको छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसनमा उपचाररत ९० काेराेना संक्रमित निको भएर डिस्चार्ज भएका जानकारी दिएका हुन् । 

कोभिड-१९ अस्पताल जनकपुरबाट ३७ जना,  सिरहाबाट २० जना, काेभिड-१९ युनिफाईड कमाण्ड अस्पताल बलम्बुबाट एक जना, काेशी अस्पताल विराटनगरबाट ६ जना, कर्णाली स्वास्थ्य विज्ञान अस्पताल जुम्लाबाट १८ जना, विपी कोइराला स्वास्थ्य विज्ञान अस्पताल धरानबाट एक जना र कोरोना उपचार केन्द्र बेलझुण्डी दाङबाट ७ जना डिस्चार्ज भएका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको