Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा पुनर्बीमा कम्पनीको शेयर सूचीकृत, कति छ ओपनिङ रेञ्ज ?

निशा हुमाँगाई

बुधबार, २८ जेठ २०७७, १७ : ५५ मा प्रकाशित

नेप्सेमा पुनर्बीमा कम्पनीको शेयर सूचीकृत, कति छ ओपनिङ रेञ्ज ?

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता शेयर सूचीकृत भएको छ ।

कम्पनीले गत चैत्रमा सर्वसाधारणलाई बिक्री खुला गरेको १ करोड ६० लाख कित्ता आइपीओ सहित कुल १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएकाे हाे । सूचीकृत भएको दोस्रो दिनबाट कारोबार गर्न सकिने व्यवस्था भएपनि बजार बन्द रहेकाले बजार सुचारु हुनासाथ कारोबार गर्न मिल्ने नेप्सेले जनाएकाे छ ।

यसैगरी, नेप्सेले पहिलो कारोबारका लागि प्रति शेयर १४१ रुपैयाँ ४५ पैसादेखि ४२४ रुपैयाँ ३५ पैसा ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेको छ । कम्पनीको पहिलो कारोबार उक्त मूल्यकाे आधारमा नै खुल्ला गरिनेछ ।

त्यसैगरी, कम्पनीले नेप्सेमा सूचीकृत हुनु अगावै शेयरधनीहरुको हितग्राही खातामा भने शेयर जम्मा गरिसकेकाे छ ।

कम्पनीले गत चैत्र ४ गतेदेखि प्रतिकित्ता १०० अंकित दरले १ करोड ६० लाख कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गरेको थियाे । कम्पनीले १ करोड ६० लाखमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीको लागि, ८ लाख कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

यसैगरी, कम्पनीले लकडाउनकै बीच गत चैत्र २६ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको थियाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ee0d72813070.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको