Like us!
Follow us!
Connect us!
Watch us!

थप ९० जनाले जिते कोरोनालाई

अर्थ संसार

बुधबार, २८ जेठ २०७७, १८ : ५० मा प्रकाशित

थप ९० जनाले जिते कोरोनालाई

अर्थ संसार,काठमाडौं-कोभिड १९ को सङक्रमणबाट आज ९० जना निको भएका छन् । विभिन्न अस्पतालमा ८८ पुरुष र दुई महिला पूर्णरुपमा निको भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

उनका अनुसार अनुसार कोशी अस्पतालबाट एक महिला र पाँच पुरुष, सशस्त्र प्रहरीको बलम्बु अस्पतालबाट एक महिला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ पुरुष, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक पुरुष, कोभिड १९ अस्पताल जनकपुरबाट ३७ पुरुष, सप्तरीको महेन्द्र गेनाई आइसोलेसनबाट २० पुरुष, कोरोना अस्पताल दाङबाट सात पुरुष छन् । हालसम्म ६७४ जना डिस्चार्ज भइसकेका छन् । तीमध्ये ५९५ पुरुष र ७९ महिला छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको