Like us!
Follow us!
Connect us!
Watch us!

व्यवसायीहरुलाई खुसीको खबर, सर्वोच्चले भन्यो असार ७ भित्र कर तिर्ने सूचना कार्यान्वयनमा नल्याउनु

अर्थ संसार

बुधबार, २८ जेठ २०७७, २० : ०१ मा प्रकाशित

व्यवसायीहरुलाई खुसीको खबर, सर्वोच्चले भन्यो असार ७ भित्र कर तिर्ने सूचना कार्यान्वयनमा नल्याउनु

अर्थ संसार, काठमाडौं। सरकारले आउने असार ७ गते सम्म कर तिर्नुपर्ने गरी ल्याएको सूचना अब अहिलेनै कार्यान्वयन नहुने भएकाे छ  । सर्वाेच्चकाे अादेशसँगै उक्त सुचना कार्यान्वयन नहुने भएकाे हाे ।

यसले व्यवसायीहरूकाे चिन्ता टारेको छ । बुधबार सर्वोच्च अदालतले सरकारलाई कर तिर्नु पर्ने गरी ल्याएको सूचना हाल कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको छ ।

यो भन्दा अगाडि सरकारले यही जेठको २५ गतेभित्र कर तिर्न भनिएको थियो । कर नतिरे थप दस्तूर, ब्याज र जरिवाना तिर्नुपर्ने सूचना जारी गरेको थियो ।

सरकारको सो सूचनाविरुद्धमा ब्यवसायीहरुले आन्दोलन गरेका थिए । उनीहरुको आन्दोलनपछि सरकारले अर्को सूचना जारी गदै आउँदो असार ७ गतेसम्म कर तिर्ने अवधि लम्ब्याएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको