Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनमा मोबाइल बिग्रियो ? चिन्ता नगर्नुस् साथी घरमै आउँदैछ

निशा हुमाँगाई

विहीबार, २९ जेठ २०७७, ०८ : २४ मा प्रकाशित

लकडाउनमा मोबाइल बिग्रियो ? चिन्ता नगर्नुस् साथी घरमै आउँदैछ

अर्थ संसार, काठमाडौं - केहि महिना अगाडि मात्र संचालनमा आएको राइड सेयरिङ्ग एप साथीमार्फत लकडाउनको समयमा मोबाइल फोन बिग्रिएर समस्यामा रहेका व्यक्तिहरूका लागि नयाँ सेवा संचालनमा आएको छ । साथी एपमार्फत अब ग्राहकहरूको घरदैलोमा नै मोबाइल फोनको पिकअप र ड्रप सर्भिस सेवा शुरू गरिएको हो ।

कोभिड १९ महामारीले गर्दा देशभर लकडाउनको अवस्था रहेको र संक्रमणबाट बच्नुपर्ने साथै सुरक्षित हुनुपर्ने अवस्थालाई मध्यनजर गरेर भर्खरै संचालनमा आएको राइड सेयरिङ्ग एप साथीले मोबाइल फोन पिकअप र ड्रप गर्ने नयाँ सेवा शुरू गरेको हो ।

विभिन्न मोबाइल कम्पनीहरूका सर्भिस सेन्टरहरूसँगको सहकार्यमा वारेन्टी भएका तथा वारेन्टी नभएका मोबाइल फोनहरू घर तथा कार्यालयबाट लिएर मर्मत पश्चात फेरी सोहि स्थानमा पुर्याउने सेवा थप गरेको छ । नयाँ सेवा अन्तर्गत कुनैपनि ब्राण्डका मोबाइल फोनहरू मर्मत तथा संभार गर्न गराउन अब सहज हुने भएको छ ।

यस एपलाई डाउनलोड गरी मोबाइल पिक एण्ड डेलिभरी सर्भिसमा क्लिक गरि विस्तृत जानकारीहरू राखेर पिकअप सर्भिसको लागि अर्डर गर्न सकिनेछ ।
हालका लागि यो सेवा काठमाडौं उपत्यकाको रिङ्गरोड भित्र मात्र उपलब्ध रहेको छ भने केहि सयमपछि रिङ्गरोड बाहिरका स्थानहरूका साथसाथै देशभर क्रमश सेवा बिस्तार गरिनेछ ।

मोबाइल फोनको मर्मतको शुल्क लाग्ने भएमा ग्राहकहरूबाट लिएर सम्बन्धित मर्मत तथा सर्भिस सेन्टरहरूमा भुक्तानी गर्ने व्यवस्था राखिएको छ भने त्यसबाहेक पिकअप तथा ड्रपको लागि न्यूनतम ३५ रूपैयाँबाट यो सेवा लिन सकिने कम्पनीले बताएकाे छ ।

कम्पनीका कार्यकारी अधिकृत विक्रान्त रेग्मीले कोभिड–१९ को महामारीले लकडाउनको अवस्था रहेको र मानिसहरू बिच संक्रमण फैलन सक्ने हुँदा मोबाइल प्रयोगकर्तालाई सुरक्षित बनाउन यो सेवा शुरू गरेको जानकारी दिएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको