Like us!
Follow us!
Connect us!
Watch us!

गर्मी मौसममा कोरोना भाइरस संक्रमण कम हुँदैन् : डब्लूएचओ

अर्थ संसार

विहीबार, २९ जेठ २०७७, ०९ : ०१ मा प्रकाशित

गर्मी मौसममा कोरोना भाइरस संक्रमण कम हुँदैन्  : डब्लूएचओ

अर्थ संसार, काठमाडौं। गर्मीको सिजनमा कोरोना भाइरसको संक्रमण कम हुने र चिसो मौसममा भाइरस धेरै समयसम्म सक्रिय रहने चिकित्सक तथा अनुसन्धानकर्ताहरुले निष्कर्ष गलत रहेकाे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले  जनाएकाे छ ।संगर्मी मौसममा कोरोना भाइरस संक्रमण कम हुन्छ भन्ने भनाइ गलत भएको संगठनले जनाएकाे हाे ।

 तर कोरोना भाइरसको संक्रमण गर्मी मौसममा घट्छ भन्ने मान्यतालाई स्वास्थ्य संगठनले गलत साबित भएको बताएको छ ।


संगठनका आपातकालीन कार्यक्रमका प्रमुख डा माइकल जे रायनले मौसम परिवर्तन वा तापक्रम बढ्दैमा कोरोना भाइरसको संक्रमण कम हुने कुनै सम्भावना नभएको स्पष्ट पारेका छन् ।

साथसाथै उनले मौसम परिवर्तन हुँदा खतरनाक भएर जाने तथ्य पनि फेला नपरेको बताए । ‘यस्तो तथ्य पनि पाइएको छैन कि मौसम बदलिँदा यो भाइरस अझ खतरनाक भएर फैलिन्छ भन्ने’ – उनले भने ।

कोरोना भाइरस केही मुलुकमा न्युन भएपनि विश्वको धेरै मुलुकहरुमा यसको संक्रमण तीव्र फैलिरहेको छ । अहिलेसम्म विश्वभर ४ लाख १८ हजार ९ सय १८ जनाको ज्यान गइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको