Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषले डाक्यो साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

विहीबार, २९ जेठ २०७७, १२ : १२ मा प्रकाशित

नागरिक लगानी कोषले डाक्यो साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार, काठमाडौं – नागरिक लगानी कोषले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कोषको जेठ २८ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार काेषकाे २५औंं वार्षिक साधारण सभा असार २० गते कोषको नयाँ भवन परिसर नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट शुरु हुनेछ । 

यसैगरी, साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थ काेषले असार १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । तसर्थ असार ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

त्यसैगरी, सभामा काेषकाे (फागुन ८ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिँदैछ । यसका साथै उक्त सभामा २२ प्रतिशत बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको ८२.८४ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको