Like us!
Follow us!
Connect us!
Watch us!

सञ्चारकर्मीलाई सेवाबाट नहटाउन महासङ्घको आग्रह

निशा हुमाँगाई

विहीबार, २९ जेठ २०७७, १५ : ०९ मा प्रकाशित

सञ्चारकर्मीलाई सेवाबाट नहटाउन महासङ्घको आग्रह

अर्थ संसार, काठमाडौं – नेपाल पत्रकार महासङ्घले सञ्चारकर्मीलाई सेवाबाट नहटाउन आग्रह गरेकाे छ ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारीले कोरोना भाइरसको जोखिमका समयमा अग्रस्थानमा क्रियाशील सञ्चारकर्मीलाई विभिन्न सञ्चारगृहले तलब नदिने तथा सेवाबाट अवकाश दिन थालेकामा चिन्ता व्यक्त गरेका छन् ।

उनले भने,“विपद्का अवस्थामा सञ्चारकर्मीको थप सामाजिक सुरक्षा र कोरोना सङ्क्रमणबाट आइसोलेशनमा बसेका सञ्चारकर्मीको उपचारमा विशेष ध्यान दिन म सरकासँग आग्रह गर्दछु ।”

आज आयोजित एक कार्यक्रममा उनले सरकारले स–साना लगानीमा सञ्चालित सञ्चारमाध्यमलाई सहुलियत कर्जा उपलब्ध गराउन माग समेत गरेका छन् । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको