अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज (मंगलबार) कोरोना भाइरसबाट संक्रमित थप ११७ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या १ हजार १ सय ५८ जना पुगेको छ । जसमध्ये ७७४ जना पुरूष र ८७ जना महिला रहेका छन् ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसनमा उपचाररत ११७ जना निको भएर घर फर्किएका जानकारी दिएका हुन् । जसमध्ये १०९ जना पुरूष र ८ जना महिला रहेका छन् ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ महिला र ६ पुरुष गरी सात जना, आइसोलेसन सेन्टर सर्ताली बाँकेबाट १० जना पुरुष, आइसोलेसन सेन्टर सहपूर्वा बाँकेबाट ७ जना पुरुष, सुशील कोइराला क्यान्सर अस्पताल बाँकेबाट ५ जना पुरुष, नारायणी अस्पताल वीरगञ्जबाट ३ जना पुरुष, भीम अस्पताल भैरहवाबाट ५ जना महिला र २१ पुरुष गरी २६ जना, कोभिड क्लिनीक अस्पताल दैलेखबाट २५ जना पुरुष, आइसोलेसन सेन्टर इन्टीग्रेटेट बिल्डिङ कालिकोटबाट २४ जना पुरुष, दुल्लु अस्पताल दैलेखबाट २ महिला र ५ पुरुष गरी ७ जना, चारताङ आइसोलेसन सेन्टर दैलेखबाट १ जना पुरुष र प्रादेशिक अस्पताल सुर्खेतबाट २ जना पुरुष गरी १ सय १७ जना डिस्चार्ज भएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस