Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोनाबाट थप एक व्यक्तिको मृत्यु

निशा हुमाँगाई

बुधबार, ०३ असार २०७७, ०७ : ४४ मा प्रकाशित

नेपालमा कोरोनाबाट थप एक व्यक्तिको मृत्यु

अर्थ संसार, काठमाडौं – नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या २० जना पुगेको छ । 

बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएकोमा मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिएका छन् । 

याे सँगै बाँकेका मात्र कोरोना भाइरसबाट मृत्यु हुनेकाे संख्या २ जना पुगेकाे बैजनाथ–६ का वडाध्यक्ष भद्रबहादुर बस्नेतले बताएका छन् । त्यस्तै, हाल आफू चिकित्सकसहितको टोली लिएर कन्ट्याक्ट ट्रेसिङका लागि मृतकको घरमा रहेको पनि उनले बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको