अर्थ संसार, काठमाडौं – भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरूङले त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने भएका छन् । बुधबार उक्त भवनको शिलान्यास भएको हाे ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उक्त भवनको शिलान्यास गरेका हुन् ।
भवन १० महिनाभित्रै तयार पारेर हस्तान्तरण गर्ने योजना छ ।
भाटभटेनी सुपरमार्केट्सका प्रबन्ध निर्देशकसमेत रहेका गुरूङ र भाइ पहलमान गुरूङले स्वर्गीय बुबा वृषबहादुर गुरूङ र आमा धनमाया गुरूङको स्मृतिमा उक्त भवन बनाउन लागेका हुन् ।
यसैगरी, अध्यक्ष गुरूङका अनुसार नयाँ भवन निर्माणमा करिब ११ करोड रूपैयाँ लागत लाग्ने अनुमान छ । बेसमेन्टसहित पाँचतलाको हुने उक्त भवनमा एउटा तला २६ सय वर्गफिटको हुनेछ ।
गुरूङले यसअघि पनि करिब १० करोड लागतमा त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षसहितको भवन निर्माण गरिदिएका थिए ।
“हामीले यसअघि पनि १० करोडजति लगानीमा त्यहाँ भवन बनाइदिएका थियौं,” भाटभटेनीका अध्यक्ष गुरूङले भने, “अहिले बनाउन लागेको भवनमा फर्निचर र आवश्यक सामग्री पनि उपलब्ध गराउने भनेका छौं । त्यहाँ भेन्टिलेटरसहितको व्यवस्था हुन्छ । यसअघि ६ महिनाभित्रै तयार गर्ने योजना थियो तर कोरोना महामारीका कारण निर्माणको काम केही लम्बिने देखेका छौं । १० महिनाभित्रै हामीले उक्त भवन हस्तान्तरण गर्ने योजना छ ।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस