अर्थ संसार, काठमाडौं – काेराेना भाइरसका कारण स्थगित भएकाे प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे हकप्रद शेयर पुन निष्काशन गरिने भएकाे छ ।
यसअघि फागुन १८ गते, आइतबारदेखि चैत्र २३ गतेसम्मका लागि निष्काशन गरिएकाे हकप्रद शेयर बीचैमा अर्थात चैत्र ११ गतेदेखि नै स्थगित भएको थियो ।
कम्पनीकाे १०० रूपैयाँ अंकित दरका ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्काशन गरेकाे हाे । उक्त हकप्रद शेयर अब असार ७ गते आइतबार पुनः बिक्री खुला हुनेछ । साे हकप्रद शेयरमा १० बराबर ६ (१०:६) को अनुपातमा असार ७ गते आइतबारदेखि असार १९ गते शुक्रबारसम्म आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयर निष्काशन गर्नका लागि कम्पनीले माघ २७ गते, साेमबार शेयरधनी दर्ता किताब बन्द गरेकाे थियाे । तसर्थ, माघ २६ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । त्यस्तै, यसअघि आवेदन नदिएका लगानीकर्ताले मात्र यसमा आवेदन दिन सक्ने कम्पनीले जनाएकाे छ ।
यस्तै, कम्पनीकाे हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । एनएमबि क्यापिटल, एनएमबि बैंकका विभिन्न शाखा कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालयहरु र सेन्ट्रल फाइनान्स तथा सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट हकप्रद शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस