अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज (शुक्रबार) कोरोना भाइरसबाट संक्रमित थप २१६ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या १ हजार ४ सय २ जना पुगेको छ । जसमध्ये ७७४ जना पुरूष र ८७ जना महिला रहेका छन् ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसनमा उपचाररत २१६ जना निको भएर घर फर्किएका जानकारी दिएका हुन् । जसमध्ये २०७ जना पुरूष र ९ जना महिला रहेका छन् ।
गोठगाउँ आइसोलेसन सेन्टरबाट भोजपुरका ४ जना, झापाका १२ जना, मोरङका ९ जना, सुनसरीका १५ जना गरी ५० जना, कोशी अस्पतालबाट झापाका ४ जना, संखुवासभाका २ जना पुरुष, मोरङका २ जना गरी ८ जना, आइसोलेसन सेन्टर जानकी बाँकेबाट ४१ जना पुरुष, अल्पमाई नर्सिङ इन्स्टिच्युड सर्लाहीबाट ३९ जना, कोभिड १९ अस्पताल सपइ जनकपुरबाट धनुषाका १ महिला र ३७ पुरुष गरी ३८ जना, धरहरी स्कुल धरहरी रौतहटबाट ३० जना, जलेश्वर अस्पताल महोत्तरीबाट ४ जना पुरुष, साइकृष्ण आइसोलेसन सेन्टर सप्तरीबाट १३ जना र प्रादेशिक अस्पताल सुर्खेतबाट ३ जना गरी २ सय १६ जना डिस्चार्ज भएका डा. जागेश्वर गाैतमले बताएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस