Like us!
Follow us!
Connect us!
Watch us!

यी ठाउँमा दुई जलविद्युत् आयोजना निर्माण हुँदै

निशा हुमाँगाई

शुक्रबार, ०५ असार २०७७, १७ : ४७ मा प्रकाशित

यी ठाउँमा दुई जलविद्युत् आयोजना निर्माण हुँदै

अर्थ संसार, काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले सोलुखुम्बु र दोलखा जिल्लामा दुई जलविद्युत् आयोजना निर्माण हुने जानकारी दिएकाे छ ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा कूल ९.५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत् आयोजना र दोलखाको बिगु गाउँपालिका–७ मा तीन मेगावाट क्षमताको पेगु खोला साना जलविद्युत् आयोजना निर्माण हुन लागेकाे विभागले जनाएकाे छ ।

मध्य सोलु खोला जलविद्युत् आयोजना मिड सोलु हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको हो । यस्तै पेगु खोला भने बिगु हाइड्रो भेन्चरले निर्माण गर्न लागेको हो । नदी प्रवाहमा आधारित दुवै आयोजना साना जलविद्युत्अन्तर्गतका आयोजना हुन् ।

मध्य सोलु खोला आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी क्षमताको आठ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको तिङ्गला सबस्टेशनमा जोडिन्छ । पेगु खोलाको विद्युत् भने ३३ केभी क्षमताको १३ किलोमिटर लामो प्रसारण लाइनमार्फत प्राधिकरणको सिङ्गटी सबस्टशेनमा जोडिन्छ ।

त्यसैगरी, आयोजनाका बारेमा कुनै जानकारी दिनुपरे विभागमा सम्पर्क राख्न अनुरोध गरिएको छ । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको