Like us!
Follow us!
Connect us!
Watch us!

इप्पानले नयाँ नेतृत्व चयन गर्दै, यस्तो छ तालिका ?

अर्थ संसार

शनिबार, ०६ असार २०७७, १० : ३८ मा प्रकाशित

इप्पानले नयाँ नेतृत्व चयन गर्दै, यस्तो छ तालिका ?

अर्थ संसार, काठमाडौं- स्वतन्त्र उर्जा उत्पादकहरुको संघ (इप्पान) को निर्वाचन असार १५ हुने भएको छ । कोरोनाको यस्तो परिस्थितिमा नेपाल विधान २०५७ को धारा २६ ले दिएको अधिकार प्रयोग गरी जारी गरेको निर्वाचन कार्यविधि अनुसार निर्वाचन गर्न लागेको संघले जनाएको छ ।

संस्थाको कार्यसमितिमा १७ जना हुने व्यवस्था रहेको छ । जसमा अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, महासचिव १ जना, कोषाध्यक्ष ३ जना, कोषध्यक्ष १ जना गरी पदाधिकारी संख्या जम्मा ९ जना हुने व्यवस्था छ ।

त्यसै गरी ६ जना सदस्य (खुल्ला र महिला समेत)  साधारण सदस्य मतदाताबाट निर्वाचित हुनेछन् बाँकी २ जना सदस्य विधान अनुसार निवर्तमान अध्यक्ष १ जना  र एशोसियट सदस्य १ जना निर्वाचन कार्यसमितिको पहिलो बैठकको निर्णयबाट चयन गरिने व्यवस्था छ ।

पदाधिकारी र सदस्यको योग्यता

असार १५ गते हुने निर्वाचनको लागि उम्मेदवारी दिनको लागि पदाधिकारी र सदस्यको योग्यता तोकिएको छ ।

उम्मेदवारीको मतदाता नामावलीमा नाम प्रकाशित भएको हुनु पर्ने, विधान, नियम र प्रचलित नेपाल कानुन बमोजिम योग्य भएको हुनु पर्ने, उम्मेदवार हुन इच्छुक सदस्यले संस्थाको आधिकारीक पत्र साथ मात्र उम्मेदवारी मनोनय दर्ता गर्नु पर्ने, पत्येक उम्मेदवारले उम्मेदवारी दाखिल गर्ने मनोनय पत्रमा १ जना प्रस्ताव १ जना समर्थक सहितको विवरण भरी परिचय खुल्ने आवश्यक कागजात संलग्न गरी सहिछाप गरी मनोनयन पत्र दिनु पर्ने र इप्पानमा काम्पनीको प्रतिनिधित्व गर्ने व्यक्तिमत्र उम्मेदवार, प्रस्तावक र समर्थक बन्न सक्नेछन् ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपालको निर्वाचन समिति २०७६ बाट प्रकाशित निर्वाचन कार्यक्रम यस प्रकारको छ ।

5eed983760347.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको