Like us!
Follow us!
Connect us!
Watch us!

मिर्गौला रोगी बालक कोरोनालाई जितेर फर्किएपश्चात......

निशा हुमाँगाई

आइतबार, ०७ असार २०७७, १४ : ५७ मा प्रकाशित

मिर्गौला रोगी बालक कोरोनालाई जितेर फर्किएपश्चात......

अर्थ संसार, काठमाडौं – सप्तरी राजविराज नगरपालिका–१३ पिपराहीका १४ वर्षीय मिर्गौला रोगी एक बालक कोरोना जितेर घर फर्कन सफल भएका छन् ।

भारतको दिल्लीस्थित एम्स अस्पतालबाट उपचार गरी घर फर्कने क्रममा कोभिड–१९ को सङ्क्रमणमा पर्नुभएका उनी १२ दिनको आइसोलेशन केन्द्र बसाइपछि शनिबार साँझ डिस्चार्ज भएका हुन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बालकको रिपोर्ट नेगेटिभ देखिएपछि उपचारपछि डिस्चार्ज गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले बताए । बालकको ४० वर्षीया आमासमेतसँगै डिस्चार्ज भएका छन् । “बालकैमा मिर्गौैला रोगी, त्यसमाथि कोरोनाको सङ्क्रमण सुनेर अत्तालिएकी थिए”, बालककी आमाले भनिन्, “उच्च मनोबलले ठूला रोग पनि परास्त हुने रहेछ ।” जटिल खाले लक्षणबिना कोरोनामुक्त बालकले उच्च मनोबलले रोग परास्त हुने अनुभव सुनाए । बालक र आमालाई राजविराजस्थित क्वारेन्टिनमा बसेको १४ दिनपछि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो ।

दुवैको शुक्रबार पिसिआर परीक्षण गर्दा सङ्क्रमण देखिएन । शनिबार उनीहरूसहित १४ जनालाई डिस्चार्ज गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा झाले बताएका छन् । “म त बाल्यकालदेखि नै रोगी, त्यसमा कोरोना थपियो । चिन्ता मानेको भए परिणाम अर्को हन्थ्यो होला । कोरोनालाई जित्नै पर्दछ भन्ने मनमा अठोट गरेँ”, बालकले भने । डिस्चार्ज भएका अरु पनि भारतबाट आएका हुन् । सप्तरीमा हालसम्म ७१ जना निको भएर घर फर्किसकेका छन् । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको