Like us!
Follow us!
Connect us!
Watch us!

स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को चुनाव : अध्यक्ष बन्न १ लाख, उपाध्यक्ष बन्न ९० हजार !

अर्थ संसार

बुधबार, १० असार २०७७, ०६ : ०३ मा प्रकाशित

स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को चुनाव : अध्यक्ष बन्न १ लाख, उपाध्यक्ष बन्न ९० हजार !

अर्थ संसार, काठमाडौं– स्वतन्त्र उर्जा उत्पादकहरुको संघ (इप्पान) ले यही असार १५ गते निर्वाचन गर्दैछ ।  निर्वाचनले संघको नयाँ कार्यासमित चयन गर्नेछ । नेपाल विधान २०५७ को धारा २६ ले दिएको अधिकार प्रयोग गरी जारी गरेको निर्वाचन कार्यविधि अनुसार निर्वाचन गर्न लागेको संघले जनाएको छ ।

संघले उम्मेदवारी दर्ताको लागि शुल्क तोकेको छ । संघको विधान अनुसार योग्यता पुगेका र इच्छुक व्यक्तिले तोकिएको मितिमा शुल्क तिर  उम्मेदवारी दर्ता गर्न सक्नेछन् ।

संघको अनुसार अध्यक्ष पदका लागि १ लाख  रुपैयाँ, उपाध्यक्ष पदहरुका लागि ९० हजार रुपैयाँ, महासचिव पदका लागि ६० हजार रुपैयाँ, सचिव पदहरुका लागि ५० हजार रुपैयाँ, कोषाध्यक्ष पदका लागि ५० हजार रुपैयाँ र सदस्यहरुका लागि ४० हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ ।

संस्थाको कार्यसमितिमा १७ जना हुने व्यवस्था रहेको छ । जसमा अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, महासचिव १ जना, कोषाध्यक्ष ३ जना, कोषध्यक्ष १ जना गरी पदाधिकारी संख्या जम्मा ९ जना हुने व्यवस्था छ ।

त्यसै गरी ६ जना सदस्य (खुल्ला र महिला समेत)  साधारण सदस्य मतदाताबाट निर्वाचित हुनेछन् बाँकी २ जना सदस्य विधान अनुसार निवर्तमान अध्यक्ष १ जना  र एशोसियट सदस्य १ जना निर्वाचन कार्यसमितिको पहिलो बैठकको निर्णयबाट चयन गरिने व्यवस्था छ । 

उम्मेदवारीले स्वतन्त्र उर्जा उत्पादकहरुको संघ (इप्पान) को प्रभु बैंक लिमिटेड कमलादी शाखामा रहेको बैंक खातामा रकम जम्मा गर्नु पर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको