Like us!
Follow us!
Connect us!
Watch us!

उन्नति लघुवित्त र सहकार्य लघुवित्तले एकिकृत कारोबार गर्दै, के जुर्यो नाम ?

निशा हुमाँगाई

सोमबार, ०८ असार २०७७, १९ : १८ मा प्रकाशित

उन्नति लघुवित्त र सहकार्य लघुवित्तले एकिकृत कारोबार गर्दै, के जुर्यो नाम ?

अर्थ संसार, काठमाडौं - उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेड र सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २६ गतेबाट एकीकृत कारोबार थाल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई अन्तिम स्वीकृती प्रदान गरिसकेकाे छ । दुवै कम्पनीको गत पुस २९ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

यसैगरी, मर्जर पश्चात अब उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार  हुनेछ । दुवै कम्पनी १०० बराबर ७५ अनुपातमा मर्ज भएका हुन् । एकीकृत कारोबार गर्दा दुवै संस्थाको तथ्यांकलाई एउटै सफ्टवयरबाट कारोबार गर्नुपर्ने हुँदा असार २५ गते एक दिन सम्पूर्ण वित्तीय सेवा बन्द हुने बताइएकाे छ ।

हाल उन्नतिको चुक्ता पूँजी रु आठ करोड ८२ लाख ७५ हजार र सहकार्य लघुवित्त वित्तीय संस्थाको रु एक  करोड ४० लाख रहेको छ । एक आपसमा गाभिए पश्चात् दुवै वित्तीय संस्थाको लघुवित्त बैंकिङ्ग प्रणाली, वित्तीय, मानव संशाेधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्दी गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधियुक्त लघुवित्त वित्तीय सेवा सुविधा प्रदान गरिने भएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको