Like us!
Follow us!
Connect us!
Watch us!

भर्ने होइन त एनआईसी एशिया लघुवित्तको आईपीओ ? बुधबारबाट खुल्ला,कति गर्ने त लगानी ?

निशा हुमाँगाई

मंगलबार, ०९ असार २०७७, ११ : ३७ मा प्रकाशित

भर्ने होइन त एनआईसी एशिया लघुवित्तको आईपीओ ? बुधबारबाट खुल्ला,कति गर्ने त लगानी ?

अर्थ संसार, काठमाडौं – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले भाेलि (असार १० गते, बुधबार) बाट साधारण शेयर (आईपीओ) निष्कासन तथा  विक्री खुल्ला गर्ने भएको छ।

लघुवित्तले जारी चुक्ता पूँजी १ अर्ब ४८ कराेड रूपैयाँकाे ३२ दशमलव १३ प्रतिशतका दरले ४७ कराेड ५५ लाख रकम बराबरकाे प्रति शेयर रू.१०० अंकित दरकाे ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गर्दैछ । जसमध्ये ७४ हजार कित्ता कर्मचारीहरुको लागि, २ लाख ३७ हजार ८०० कित्ता सामुहिक लगानी कोषको लागि र ४४ लाख ४३ हजार २०० कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । 

उक्त आईपीओ निष्कासनको लागि कम्पनीले चैत ४ गते स्वीकृती पाएको थियो । काेराेना भाइरस राेकथामका लागि जारी गरिएकाे लकडाउनका कारण आईपीओ निष्कासनमा ढिला भएको हो । 

त्यसैगरी, उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्ने संस्थाले जनाएकाे छ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

कति दिने आवेदन ?

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले आईपीओमा छिटोमा असार १४ गते र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

आईपीओकाे बारेमा अन्य विवरण तलकाे सूचना मार्फत हेर्न सक्नुहुनेछ :

5ef19ee18c354.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको