Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुप पावरको १० प्रतिशत लाभांश दुई दिन भित्र शेयरधनीको खातामा !

अर्थ संसार

बुधबार, १० असार २०७७, १२ : ५९ मा प्रकाशित

ङादी  ग्रुप पावरको १० प्रतिशत लाभांश दुई दिन भित्र शेयरधनीको खातामा  !

अर्थ संसार, काठमाडौं- ङादी ग्रुप पावर लिमिटेडले छैटौ वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश दुई दिन भित्र शेयरधनीको खातामा आउने भएको छ । आसार १० गते आर्थात बुधबार छौटौ वार्षिक साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यालय, अनामनगर सम्पन्न भएको थियो ।

साधारणसभामा शेयरधनीले नगद लाभांश हाम्रो खातामा कहिले आउँछ भनेर सोधिएको प्रश्नमाथि जवाफ दिदैं ङादी ग्रुप पावरका प्रबन्ध  संचालक शैलेन्द्र गुँरागाइले भने–'सभाले पारित गरेको कर सहित १० प्रतिशत नगद लाभांश शेयरधनीको खातामा २ दिन भित्र आउने छ ।, कोरोना भाइरसको यस्तो परिस्थितिमा शेयरधनीलाई कम्पनीले प्रस्ताव गरेको लाभांस साधारणसभाबाट पारित गरी शेयरधनीलाई छिटो भन्दा छिटो खातामा हाल्ने हेतुले यो समयामा साधारणसभा गरोका हौं

ङादी ग्रुप  पावरका प्रबन्ध संचालक गुरागाईले छिटो नै ३२०७६/७७ को पनि वार्षिक साधारणसभा गर्ने शेयरधनीलाई बताए ।साधारणसभामा कर्मचारी र शेयरधनी गरी करिव २५ जनाको उपस्थिति रहेको थियो । 

यो पनि पढ्नुहोस्

१०प्रतिशत लाभांश पारितसँगै ङादी ग्रुप पावरको साधारणसभा सम्पन्न 

स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को चुनाव : अध्यक्ष बन्न १ लाख, उपाध्यक्ष बन्न ९० हजार ! 

इप्पानले नयाँ नेतृत्व चयन गर्दै, यस्तो छ तालिका ? 

निजी जलविद्युत क्षेत्रले सरकारसँग गुमाएको विश्वास ; उत्पादित विद्युत हुने त होइन बर्बाद 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको