Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनालाई जितेर फर्किए थप १३६ जना संक्रमित

निशा हुमाँगाई

शनिबार, १३ असार २०७७, १६ : ४४ मा प्रकाशित

कोरोनालाई जितेर फर्किए थप १३६ जना संक्रमित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज (शनिबार) कोरोना भाइरसबाट संक्रमित थप १३६ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या २ हजार ८ सय ३४ जना पुगेको छ । जसमध्ये २ हजार ५ सय ९२ जना पुरूष र २ सय ४२ जना महिला रहेका छन् । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसनमा उपचाररत १३६ जना निको भएर घर फर्किएका जानकारी दिएका हुन् । जसमध्ये ११८ जना पुरूष र १८ जना महिला रहेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको