अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या १३ हजार २ सय ४८ जना पुगेकाे छ । जसमध्ये १ हजार ५ सय ८६ जना महिला र ११ हजार ६६२ जना पुरूष रहेका छन् ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । जसमध्ये ३६४ जना पुरूष र ११२ जना महिला रहेका छन् ।
त्यसैगरी, डा. जागेश्वर गाैतमका अनुसार सोमबार मात्रै काठमाडौं उपत्यकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । काठमाडौंमा ६ जना, ललितपुर र भक्तपुरमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।
यसका साथै नेपालमा पछिल्लो २४ घण्टामा थप १२१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा काेराेना भाइर जितेर डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ३४ जना पुगेको छ । यसैगरी, नेपालमा कुल संक्रमितमध्ये २९ जनाको मृत्यु भएको छ।

 
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस