Like us!
Follow us!
Connect us!
Watch us!

गणपति लघुवित्तले पठायाे बोनस शेयर, शेयरधनीलाई यस्ताे आग्रह

निशा हुमाँगाई

बुधबार, १७ असार २०७७, १४ : १० मा प्रकाशित

गणपति लघुवित्तले पठायाे बोनस शेयर, शेयरधनीलाई यस्ताे आग्रह

अर्थ संसार, काठमाडौं –  गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा धमाधम बोनस शेयर जम्मा गर्न थालेको छ । 

संस्थाको गत पुस ४ गते सम्पन्न भएकाे तेश्राे वार्षिक साधारण सभाले पारित गरेकाे ७ प्रतिशत बाेनस शेयर गत मंसिर १७ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे संस्थाले जनाएकाे छ । संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । 

त्यसैगरी, संस्थाले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि आग्रह गरेकाे छ । संस्थाकाे शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको