Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लद्युवित्तको आइपिओ बाँडफाँडको जुर्ने भो साईत !

अर्थ संसार

विहीबार, १८ असार २०७७, ०० : ०० मा प्रकाशित

एनआईसी एशिया लद्युवित्तको आइपिओ बाँडफाँडको जुर्ने भो साईत !

अर्थ संसार, काठमाडौं -बिक्री प्रबन्धक सानिमा क्यापिटलले एनआईसी एशिया लद्युवित्तले निश्कासन गरेको साधारण शेयर (आइपिओ) बाँडफाँडको मिति बिहीबार अर्थात असार १८ गते तोक्न भएको छ ।

बिहीबार विहान १० बजेपछि मात्र कति लगानीकर्ताले कति पाउने टुंगो लाग्नुको साथै बाँडफाँडको मिति तोकिने छ । 

१० कित्ता अनिवार्य बनाएसँगै योग्य सवै लगानीकर्ताले  १० कित्ता शेयर पाउने छन् भने केहिले गोलाप्रथाबाट २० कित्ता शेयर पाउने छन् ।

एनआईसी एशिया लघुवित्तको आइपीओले गर्यो रेकर्ड ब्रेक 

एनआईसी एशिया लद्युवित्तको आइपिओमा कुल ४ लाख १४ हजार १ सय ८० जनाले २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ताको लागि आवेदन परेको छ । यो माग गरिए भन्दा ५.१९ गुणा बढी हो ।

कम्पनीले असार १० गतेदेखि  ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो  । जस मध्ये ०।५ प्रतिशत अर्थात् ७४ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८ सय कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो  ।  बाँकि ४४ लाख ४३ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्  । 

Khalti Launches 2x “Khalti Paisa Double Offer” | "बिना कुनै खर्च आफ्नो पैसा दुई गुणा"

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको