अर्थ संसार, काठमाडौं - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्कासन गरेको आज पहिलाे दिन हाे ।
आज (असार १० गते) बेलुका पाँच बजेसम्ममा लघुवित्तको आइपीओमा ७५ हजार आवेदकबाट ४४ करोड ५० लाख रुपैयाँ बराबरको ४४ लाख ५० हजार कित्ता शेयर खरिदको माग राखी आवेदन परेको निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।
लघुवित्तले आजदेखि जारी चुक्ता पूँजी १ अर्ब ४८ कराेड रूपैयाँकाे ३२ दशमलव १३ प्रतिशतका दरले ४७ कराेड ५५ लाख रकम बराबरकाे प्रति शेयर रू.१०० अंकित दरकाे ४७ लाख ५५ हजार कित्ता आईपीओमध्ये ७४ हजार कित्ता कर्मचारीहरुको लागि, २ लाख ३७ हजार ८०० कित्ता सामुहिक लगानी कोषको लागि र ४४ लाख ४३ हजार २०० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
आवेदन दिन चाहाने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताको लागि छिटोमा असार १४ गते र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस