Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले भुक्तानी गर्याे बीमा दावी रकम

निशा हुमाँगाई

बुधबार, १० असार २०७७, १३ : ०३ मा प्रकाशित

एनआईसी एशिया बैंकले भुक्तानी गर्याे बीमा दावी रकम

अर्थ संसार, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले बीमा दावी रकम भुक्तानी गरेकाे छ ।

ग्राहकहरू माझ ल्याएको अतुलनीय तथा असिमित सुविधा भएको चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत घातक रोग उपचार बीमा बापत बैंकका दुई जना ग्राहकहरूलाई १५ लाख रूपैयाँ प्रतिव्यक्तिका दरले ३० लाख रूपैयाँ बीमा रकम भुक्तानी गरिएकाे बैंकले जानकारी दिएकाे छ ।

चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोलेका नवलपरासीस्थित भुमई निवासी दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचार बापत र सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका काठमाडौंस्थित बुढानिलकण्ठ निवासी बसन्त राज कुँवरको श्रीमती पूजा कुँवरलाई क्यान्सर रोगको उपचार बापत उक्त रकम भुक्तानी गरिएको हो ।

सुपर चमत्कारिक बचत खातामा खातावालाको साथै निजको परिवारका सदस्यका लागि पनि बीमा सुविधा उपलब्ध रहेको छ । श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम भुक्तानी गरिएको बैंकले जनाएकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको