अर्थ संसार, काठमाडौं – साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदाे आइतबार अर्थात असार २१ गतेबाट साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३२ दशमलव ५० प्रतिशत अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीको लागि, ३५ हजार ३ सय ९० कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ता आईपीओ सर्वसाधारणको लागि छुट्याइएकाे छ ।
उक्त आईपीओ निष्कासनको लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ७ गते, आइतबार अनुमति पाएकाे छ ।
त्यसैगरी, उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने संस्थाले जनाएकाे छ । संस्थाको आइपीओलाई इक्रा नेपाल लिमिटेडले इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ दिएको छ । आइपीओ बिक्री पश्चात कायम चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँको ५० प्रतिशत हकप्रद समेत जारी गर्ने तयारी रहेकाे संस्थाले जनाएकाे छ ।
कति दिने आवेदन ?
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिने आवेदन ?
लगानीकर्ताले आईपीओमा छिटोमा असार २४ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, ग्लोबल आइएमई क्यापिटल र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
आईपीओकाे बारेमा अन्य विवरण तलकाे सूचना मार्फत हेर्न सक्नुहुनेछ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस