Like us!
Follow us!
Connect us!
Watch us!

१२.५ बोनस लिदै प्राइम लाइफ इन्स्योरेन्सका शेयरधनीले पोखे यस्तो गुनासो (भिडियो)

अर्थ संसार

विहीबार, ०१ साउन २०७७, १९ : ४२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– प्राइम लाइफ इन्स्योरेन्सले हालै मात्र आफ्नो बाह्रौँ वार्षिक साधारण सभा सकायो। सभामा कम्पनीले प्रस्ताव गरेको १२.५ प्रतिशतका बोनस शेयरलाई सबै लगानीकर्ताले स्वागत नै गरे। 

कम्पनीले गरेको प्रगति राम्रै रहेको अधिकांश लगानीकर्ता बताएपनि कम्पनीले सोचे विपरित लगानीकर्ताले तारिफ संगै गुनासो पनि ब्यक्त गरे। मुख्यत शेयरधनीले कम्पनीले सभा एकदम ढिलो गरेकोमा गुनासो ब्यक्त गरे। 

'यो त गतवर्षको सभा हो , हामीले त अहिले अर्कै सभा गर्नु पर्थ्यो" भन्दै शेयरधनी कृष्ण अधिकारीले संचालक समिति समक्ष आफ्नो असन्तुष्टि व्यक्त गरे। अधिकारीको जस्तै अरु लगानीकर्ताले नि त्येही कुरा दोराए। 

कम्पनीले आर्थिक वर्ष २०७४ /७५ को सभा गरेको हो।  धेरै कम्पनीहरुले आर्थिक वर्ष २०७५/७६ को साधारण सभा सम्पन्न गरिसकेको अवस्थामा  कम्पनीले अर्को सभा सके सम्म चाडै गर्नलाई यस सभाले चुनौती बढाएको छ। 

तर अहिले अर्थात् लकडाउनमा  सभा गरेर सबै लगानीकर्तालाई किन समेट्न नखोजेको भन्ने पनि आवाज नउठेको होइन । 

जे होस् कम्पनीले १२.५ प्रतिशत बोनस दिदा लगानीकर्ता खुसी नै देखिए।अहिले कम्पनी को शेयर प्रति कित्ता रु ५४९ (श्रावण  १ ) मा कारोबार हुदैँ छ। 

हेर्नुहोस् लगानीकर्ताको विचार :      
   

 
 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको