Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफ इन्स्योरेन्सको नाफा २१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २१.३९ रुपैयाँ

अर्थ संसार

मंगलबार, ०९ मंसिर २०७७, १६ : १८ मा प्रकाशित

प्राइम लाइफ इन्स्योरेन्सको नाफा २१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २१.३९ रुपैयाँ

अर्थ संसार, काठमाडौं -  प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ  । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.४७ प्रतिशतले खुद नाफा बढाएको छ । कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले १२ करोड ७ लाख ७४ हनार रुपैयाँ खुद मुनाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा दुई करोड ५ लाख १९ हजार रुपैयाँले बढी हो । 

कम्पनीको यस अवधिको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको १९ रुपैयाँ ९७ पैसाबाट बढेर २१ रुपैयाँ ३९ पैसा पुगेको छ । यस अवधिमा कम्पनीको कुल बिमाशुल्क एक अर्ब १० अर्ब ७ करोड ७४ लाख ८० हजार नाघेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.७२ प्रतिशतले बढी हो । 

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको बिमाशुल्क ७६ करोड ५६ लाख रहेकोमा त्यसयता ३१ करोड १७ लाख ९६ हजार रुपैयाँले बढेको हो । गत असोजसम्ममा कम्पनीको जीवन बिमा कोष १२ अर्ब ३७ करोड ४२ लाख ६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा प्राइम लाइफको जीवन बिमा कोष ९ अर्ब ५१ करोड ७ लाख ८५ हजार रुपैयाँ बराबर थियो । जीवन बिमा कोषमा भएको बृद्धि ३०.११ प्रतिशत तथा रकमका हिसाबले २ अर्ब ८६ करोड ३४ लाख २१ हजार रुपैयाँले बढी हो ।  

कम्पनीको कुल लगानी २४.४१ प्रतिशतले बढेर १४ अर्ब १२ करोड ४४ लाख ९२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा प्राइम लाइफको कुल लगानी ११ अर्ब ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ थियो । कम्पनीको खुद सम्पत्ति ४.२१ प्रतिशतले बढेर ३ अर्ब ३० करोड ६१ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष यो ३ अर्ब १७ करोड २५ लाख ५१ हजार बराबर थियो । 

गत वर्षको प्रथम त्रैमासिकको तुलनामा बीमा शुल्क ४१% वृद्धि भएको छ । जीवन बीमा कोषमा ३१% वृद्धि भएको छ । लगानी २५% वृद्धि भएको छ । खुद नाफा २१% वृद्धि भएको छ । उत्साहजनक प्रगति हासिल गरिरहेको यो कम्पनीले आफ्नो कारोबारको पुनर्बिमा विश्व प्रसिद्ध रि इन्सयोरेन्स कम्पनी हेनोभर रीसँग रीसँग गराएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको