Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफले लाभांश पठायो खातामा, सेयर कर्जा सेयरधनीलाई फुकुवा पत्र चाहिने

अर्थ संसार

बुधबार, ०७ माघ २०७७, ०७ : ५० मा प्रकाशित

प्राइम लाइफले लाभांश पठायो खातामा, सेयर कर्जा सेयरधनीलाई फुकुवा पत्र चाहिने

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले गत पुस २७ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको हालको चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गरिदिएको हो । 

हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंकको खाता नम्बर अपडेट नगराएका सेयरधनीहरुको हकमा आफूले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गर्न अनुरोध गरेको छ । 

गत पुस १६ गतेसम्म कायम शेयरधनीहरुले आफ्नो सेयरप्रमाणपत्रहरु धितोमा राखि कर्जा सुविधा प्रयोग गर्दै आएका सेयरधनीलाई बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात मात्र बैक खातामा नगद लाभांश जम्मा गरिने कम्पनीले जनएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको